Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

अझै अनसन तोड्न मानिनन् तारा बरालले


एमसीसी खारेजी लगायतका विभिन्न माग राख्दै आमरण अनसन बसेकी जनताको आयोग महाअभियानकी अभियन्ता तारा बरालले अझै अनसन तोड्न मानेकी छैनन् । गएको कार्तिक ३० गते देखि आमरण अनसन बस्दै आएकी बरालले आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताएकी हुन् ।
काठमाडौंको वीर अस्पतालमा अनसनरत बराल शुरुमा भद्रकालीमा अनसन बसेकी थिइन् । तर, अनसन शुरु गरेको केही मिनेटमै प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । गिरफ्तार भएपछि पनि उनले प्रहरी हिरासतमै अनसलाई निरन्तरता दिइन् । पछि बिरामी भएपछि वीर अस्पताल पु¥याइएकी बराल त्यहाँ पनि अनसन बसिरहेकी छिन् ।
नागरिकता विधेयकको पूर्ण खारेजी, संघीयता खारेजी, सर्वोच्च अदालतलाई तत्काल सुचारु गर्नुपर्ने लगायतका माग राख्दै उनी आमरण अनसन बसेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार