Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

आज सांसदहरुको कोरोना परीक्षण हुँदै


२७ गते संसद बैठक बस्ने भएपछि आज सांसदहरुको कोरोना परीक्षण गरिदैछ । संघिय संसद भवन परिसरमा सभामख सहित सांसद तथा संसद सचिवालयका कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।
संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण गर्न लागिएको संसद सचिवालयले जनाएको छ । आज नभ्याइएका सांसद तथा कर्मचारीहरुको भोलि पनि पिसिआर परीक्षण गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार