Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

काँग्रेस महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्षको आशंका


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरामा सुरक्षा प्रशासन लगाएर वडा अधिवेशन गराएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरुले महाधिवेशन निष्पक्ष हुनेमा आशंका व्यक्त गर्न थालेका छन् । आजै पौडेल समूहले निर्वाचन समितिका पदाधिकारीलाई भेटेर महाधिवेशन निष्पक्ष ढंगले सम्पन्न गर्न ध्यानाकर्षण गराउने भएको छ ।

पौडेल पक्षले आज दिउँसो २ बजेतिर समितिको ध्यानाकर्षण गराउने भएको हो । समूहले डडेलधुरामा पुनः अधिवेशन गराउनुपर्ने माग पनि गरिरहेको छ । यस्तै, बाँकी रहेका २० जिल्लामा पनि संस्थापन पक्षको भयमा नपरी निष्पक्ष ढंगले अधिवेशन गराउन सुझाव दिने समूहको तयारी छ ।

निर्वाचन समितिको ध्यानाकर्षण गराउन पौडेलसहित महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा मीनेन्द्र रिजाललगायत सानेपा जाँदै छन् । काँग्रेसले आउँदो असोज ५ गते पार्टीको बाँकी रहेका २० जिल्लाको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार