Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

ट्रम्पले फेसबुक, टुइटर र गुगलमाथि हाले मुद्दा


सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन कम्पनीका प्रमुखविरुद्ध मुद्दा हालेका छन् ।
ट्रम्पले फेसबुक, टुइटर र गुगलका कार्यकारी प्रमुख विरुद्ध अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपतिय चुनावमा धाँधली भएको भन्दै गएको जनवरीमा ट्रम्प समर्थकहरु ह्वाइट हाउसमै तोडफोडमा उत्रिएपछि थप हिँसा भड्किन नदिन सामाजिक सञ्जाल कम्पनीहरुले ट्रम्पको एकाउण्ट बन्द गरिदिएका थिए ।
सामाजिक सञ्जालका आफ्ना एकाउण्टहरु ब्लक गरिदिएपछि ट्रप्प त्यसयता थप आक्रोशित हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार