
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समिकरणको समिक्षा लगाएतका बिषयमा छलफल भएको हो । भेटमा प्रदेशका सरकारका बारेमा पनि समिक्षा भएको बताइएको छ । त्यस्तै आगामी आर्थिक बर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा बिषयमा पनि छलफल भएको बुझिएको छ ।