Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

बालकोटमा पुगेर ओलीले भने : माधव नेपाललाई अब ठाउँ छैन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा अब स्थान नभएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार छाडेर आफ्नै निवास बालकोट पुगेका ओलीले माधव नेपालले एमाले नेतृत्वको सरकार ढालेका कारण उनलाई पार्टीमा स्थान नभएको बताएका हुन् ।
आफ्नो निवासमा भेला भएका पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले अन्य नेताका हकमा भने आत्मालोचना गरेर आए सोच्न सकिने बताए । माधव नेपालले आत्मालोचनाका लागि समेत ठाउँ नराखेको बताउँदै उनले नेपाल अब पार्टीको नेता रहन नसक्ने बताए ।
ओलीले सम्बोधन गरिरहँदा पार्टीका नेता कार्यकर्ताले भने माधव नेपालका विरुद्धमा चर्का नाराबाजी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार