नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन पार्टी (एमाले–माओवादी) एकीकरण गरिएपनि केहीको इर्ष्या, कुण्ठा र अहंकारले भत्किन पुगेको टिप्पणी गरे।
एमालेलाई सिध्याउन खोजिए पनि सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठेको पनि ओलीले टिप्पणी गरे। ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेका सचेत कार्यकर्ता पंक्ति जुरुकै उठ्यो। एमालेको भूमिका अलिकति परिवर्तन भयो। नराम्रो नभन्नु है भन्छन् सबैले। षडेका तत्वहरु, विग्रेका तत्वहरु गए भन्दा गाली गरे जस्तो हुन्छ, बिग्रिन बिग्रिन खोजेको भनौं। बाहिरबाट गए,’ ओलीले भने, ‘भयो त्यत्ति, पार्टी जहाँको त्यहीँ छ।’
ओलीले एकताबाट प्राप्त शक्ति केही व्यक्तिलाई नपचेको बताए। ‘केहीलाई इर्ष्या भावले पाेल्यो, कसैलाई कुण्ठा भावले पोल्यो। केहीलाई अहंकारले पोल्यो। केहीलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पोल्यो। म नराम्रो भन्दिन् के जातिलाई के पच्दैन भन्छन नि,’ ओलीले भने।