Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

मीनबहादुर विश्वकर्माले कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी पाउँदै


नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस प्रमुख सचेतकको जिम्मेवराी पाउँने लगभग पक्का भएको छ ।
प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री बनेसँगै प्रमुख सचेतकको दौडधुपमा धेरै नेताहरु रहेका थिए । तर, प्रधानमन्त्री देउवा निकट नेताका रुपमा चिनिएका विश्वकर्मालाई प्रमुख सचेतक बनाउँने इच्छा देउवाले नै व्यक्त गरेपछि अन्य नेताहरु त्यो दौडबाट आफैं बाहिरिएका छन् ।
यसअघि विश्वकर्मा मन्त्री बन्ने चर्चा रहेको थियो । तर, पार्टीको महाधिवेशन नजिकिदै गर्दा पार्टीभित्रको पकड कायम राखिरहनका लागि देउवाले विश्वकर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिन लागेको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सचेतक पम्फा भुसाल, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु भने अहिले मन्त्री बन्ने लाइनमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार