Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

गोरखा आउँदा गौरवान्वित महशुस गरेको छुः प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा आउन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताएका छन् ।

आइतबार बिहान गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि यो निर्वाचन सबभन्दा सहज ठानेको छु’, प्रचण्डले भने, ‘यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुदैछ ।’

उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए । राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध गर्ने प्रयास भनेजसरी नभएको भन्दै उनले सोही कारण आफु आएको बताए । ‘म गोरखा आउनुको उद्देश्य या मक्सद भनेको गोरखा हरेक दृष्टिकोणले, ऐतिहासिक, भौगोलिक, पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले पनि महत्वपुर्ण जिल्लाभित्र पर्दछ’, उनले भने, ‘यहाँ आउँदै गर्दा गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । सुशासन र विकासको सानो सपना बोकेर होइन, राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्ने गरी आएको छु ।’


प्रतिक्रिया दिनुहोस !
विचार