Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

सांसदहरुले गर्न थाले कित्ता परिवर्तन


जनता समाजवादी पार्टीका ४ जना सांसदले कित्ता परिवर्तन गरेका छन् ।
महन्थ ठाकुर पक्षमा रहेका ४ जना सांसद शनिबार उपेन्द्र यादव खेमामा लागेका हुन् । संसद पुनःस्थापना हुनुअघिसम्म महन्थ ठाकुर पक्षमा रहेका सांसदरु संसद पुनःस्थापना भएसँगै उपेन्द्र यादव खेमामा लागेका हुन् ।
कित्ता परिवर्तन गर्ने सांसदहरुमा प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल रहेका छन् । उनीहरु शनिबार उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भए ।
४ सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएसँगै महन्थ ठाकुर पक्षले भने आर्थिक लेनदेनको आरोप लगाएको छ । मन्त्री बनाइदिने प्रलोभनमा आर्थिक लेनदेन सहित कित्ता परिवर्तन गराइएको ठाकुर पक्षको आरोप छ । ठाकुर पक्षले एमालेको केपी ओली पक्षलाई साथ दिँदै आएको थियो भने यादव पक्षले प्रधानमन्त्री देउवासहितको गठबन्धनलाई साथ दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार