Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

साता को अन्तिम कारोबार को दिन बढ्यो सुनचाँदी


साता को अन्तिम कारोबार को दिन  शुक्रबार (माघ २) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (माघ १) छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार