निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ(आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।
निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।
उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरबार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ(आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौं ।’
उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ(आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन् ।





