स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य कुनै पनि सरकारी सेवा नलिने घोषणा गरेका हुन् ।
मन्त्रालयले १०० दिनमा गर्ने कामको योजना सार्वजनिक गर्दै श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरे ।
आफू पदमा बहाल रहुञ्जेल आफू आबद्ध व्यवसायिक संस्थाबाट राजीनामा दिने समेत उनको भनाइ रहेको छ ।