सर्वोच्च अदालतमा संसद भंग सम्बन्धमा परेका विभिन्न १९ रिटमाथिको सुनुवाई भएपछि विघटन सम्बन्धित रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश आएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलाशमा जारी सुनुवाईबाट संवैधानिक इजलासमा पठाइएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते गरेको संसद भंगको निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्चमा विपक्षी दल तथा अधिवक्ताहरुले रिट दायर गरेका छन् । संवैधानिक इजलास शुक्रबार बस्ने छ ।