Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि ५० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको छ । ब्याजदर करिडोर कार्यान्वयनका लागि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार