१. सिडियो मार्फत देश चलाउँन खोजिएको भन्दै राष्ट्रियसभामा कांग्रेसको आपत्ति, सर्वोच्चको मानहानी हुनेगरी सरकारले नागरिकता अध्यादेश ल्याएको माओवादी सांसद रामनारायण बिडारीको आरोप
२. राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई अर्को साता सम्बोधन गर्ने, राष्ट्रियसभाको आठौं अधिवेशन बिहिबारबाट शुरु
३. नेकपा एमालेको केन्द्रिय कमिटि बैठक शुक्रबार बस्दै, माधव नेपाल समुहका सबै सदस्यलाई कन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पठाए निम्तो, तर माधव नेपाल पक्ष बैठकमा नजाने
४. बिहिबारका लागि बोलाइएको नेपाली कांग्रेस पदाधीकारिको बैठक तयारी नपुगेको भन्दै स्थागित, शुक्रबार दिउँसो २ बजेका लागि बैठक सारियो
५. संसद भंगको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले राजधानीमा प्रधानमन्त्रीको पुत्ला जलाए, प्रधानमन्त्रीले देशलाई भड्खालोमा हाल्न खोजेको विद्यार्थी नेताहरुको आरोप
६. देश गहिरो राजनीतिक संकटमा फस्ने खतरा बढेको राजनीतिक विश्लेषकहरुको भनाइ, प्रधानमन्त्री ओली कम्युनिष्ट आन्दोलन बिसर्जनको दिशामा गएको विश्लेषक उद्धव सिग्देलको टिप्पणी
७. काँस्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो, पहिरोमा परेर ८३ वर्षिया गोमा अधिकारीको मृत्यु
८.पछिल्लो २४ घन्टामा २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
९.आन्तरिक हवाई उडान शुरु भएको पहिलो दिन ९० प्रतिशत भन्दा बढी सिट भरिए, स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर हवाई उडान गरिएको एयरलाइन्स कम्पनीहरुको दाबी
१०.सुदूरपश्चिम प्रदेशका अर्थमन्त्रीद्धारा आफ्नो कुलदेवता मन्दिरका लागि १ करोड रुपैंयाँ बजेट बिनियोजन, विपक्षी दलका नेताहरुले गरे तीव्र आलोचना
११.साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक २८४३ बिन्दुमा पुग्यो, कारोबार रकम ६ अर्ब ७० करोड माथि
१२.कमला नदीको टापुमा फसेका ३ जनाको शसष्त्र प्रहरीले ग¥यो उद्धार, सकुशल उद्धार गरेपछि स्थानीयले गरे सशष्त्र प्रहरीको जयजयकार
१३ ओस्कार लगायतका अन्तर्राष्ट्रिय अवार्डमा मनोनित हुने चलचित्रलाई ८ लाख रुपैंयाँ दिने सरकारको घोषणा, चलचित्रकर्मीले गरे सरकारी निर्णयको स्वागत .
१४. बंगलादेशमा सर्वसाधारणले लकडाउनको पालना नगरेको भन्दै सेना परिचालन, महामारी नियन्त्रणका लागि सेना परिचालन गर्नुपरेको त्यहाँको सरकारको दाबी
१५. चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पूरा, ७२ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा