हाम्रो जीवनमा कति हो कति हामीले मन नपराएका घटनाहरु आइ रहन्छन । हामीले नचाहँदा पनि दुस्ख कष्ट आउँछ आउँछ । यस्ता यी जीवनका हुरी वतासहरुसँग ठक्कर दिनु हँुदैन किनकि यीनीहरुको स्वभाव नै अरुलाइ दुःख कष्ट दिने हो । यीनीहरुलाइ छल्नु पर्छ । बिलौना गर्दैमा कष्टहरु भाग्दैनन् , रुँदैमा कसैले कसैलाइ सहयोग गर्दैन । सधैं शक्ति र जुक्तिले काम गर्नुपर्छ ।
कष्टहरुसँग कस्तो प्रतिक्रिया गरिन्छ त्यसैको आधारमा कष्टहरु भाग्छन । जिन्दगीमा आएका आँधी बेहरी सहेर मात्र हुदैन । हामीले जीवनको परिस्थितीको दिशा फेर्न सक्नु पर्छ । संसारमा शारिरिक मानसिक र सामाजिक स्तरमा कमजोर तवरका मान्छेहरुले पनि ठूला प्रगती गरेका छन् । जीवनमा बदला लिने भावले मात्र सफलता पाइन्छ । जीवन जति प्रतिकुल होस तर बहाना मिलाउन सकियो भने ठूलो उपलब्धी हात लाग्छ । समुन्द्रको आँधी बेहरीसँग जुध्नु भन्दा उसबाट तर्केर काम गर्नु उत्तम हुन्छ । जीवनमा दुःख कष्ट आउदैनन् हामीले नै उनीहरुलाई आऊ भनेर बोलाउदँछौ ।
तपाइँका बारेमा केही चर्चा गर्नै पर्छ । तपाइँलाई अरुले किन असल होइन भन्छन, तपाइ त असल मान्छे हो । अरुले किन त्यसो भन्छन भने म असल मान्छे हो भन्ने तपाइले नै आफुलाइे पत्याउनु हुँदैन । खुसी, सफल, असल र उत्साहको जीवन तपाइसँगै छ । तपाइको जीवनमा के चाहिँ नराम्रो छ र ? तपाइँसँग मनग्गे पैसा छैन होला । तर, तपाइले जीवनमा धेरै प्रसन्नता बढाउन चाहनु हुन्छ । तपाइले जिवनमा चिताएका सबै कुराहरु प्राप्त गर्न पनि सक्नु हुन्छ । जीवनमा तगाराहरु तपाइ आफैले बनाएका हुन ।
तपाइको सोचाइले पकाएका खानाहरुले तपाइलाइ प्रगती गर्न दिएको छैन । तपाइले आफनै असाधारण शक्तिलाइ चिन्नै सक्नु भएन । तपाइँ जे सोच्नु हुन्छ त्यही बन्नु हुन्छ । तपाई आज जे हुनु हुन्छ त्यो तपाइको सोचाइले बनाएको मात्र हो । तपाइको आन्तरिक परिस्थितीले बाहिरको सबै स्थिती निर्माण भैरहेको छ । तपाइको गुरुत्वाकर्षण तपाइले प्रयोग गर्नु नै भएको छैन । तपाइले सधै अरुलाइ आकर्षण गर्न चाहनु हुन्छ । अरुलाइ आर्कषण गर्ने गुण प्राकृतिक नै हो । प्रकृतिले मन पर्ने र नपर्ने कुराको उत्पति गर्दैन । जे रोपे पनि प्रकृतिले हुर्काउँछ । डेभिड हुम भन्छन ः मान्छे संसारमा जन्मँदा विना विचार आउँछ र उसले अन्तरक्रियाबाट बिचार बनाउँदछ । उसले अनेकौ अन्तरक्रियाबाट राय, भावना, विचार, सिद्दान्त बनाउँदछ । सोचाइले नै तपाइँलाइ तपाइँ जस्तो बनाएको हो । जीवनलाइ लुते भावमा तपाइले नै बनाउनु भएको हो । आफै जिवनलाई बलवान बनाउनुहोस् अरुले त तपाइलाइ कमजोर बनेको हेर्न चाहन्छन् ।
जीवनमा हामी चमत्कार गर्न खोजेर अन्धो बनेका छौ । यसै हुनै पर्छ भनेर हामी बौलाएका छौ । चमत्कार नगरे सम्म जिन्दगि होइन भन्ने हाम्रो बुझाइ छ । हामी हरेक दिन नौलो र अनौठोपना भेटिँदैन भन्छौ । समस्या दिनमा होइन, चमत्कारको खोजाइमा हामी अल्झेका छौ । जीवनसँग हरेक दिन फरक छ र हरेक दिन अनौठा छन् र सबै दिन चमत्कार नै हुन्छन । तर हामी चमत्कारलाइ नै चिन्दैनौ । चरा जस्तो चंगा बन्ने कि चरा जस्तो उड्न भन्ने समस्या हामीमा छ । आफुलाई दिनहुँ चमत्कार गर्ने मान्छे बनाउनु पर्छ । हामी सबैलाइ पुराना भन्छौ र आश्चर्य मान्न छाडेका छौ । आकाशमा मसिना बादलहरुका ढिक्काहरु आपसमा चलेर बस्छन् । बादल यसरी चलेर नै पानी वर्षन्छ । आजको दिन हामीले के पुरुषार्थ गरेका छौ त ? हामी दिनहँु अन्यायमा परेका छौ कि न्यायमा छौ ।
जीवनलाई आफैले यसो गरेन र उसो गरेन भनेर निन्दा नगरौ । तपाइँ जीवनमा छिट्टै महान बन्न सक्नु हुन्छ तर म महान बन्न सक्छु भन्नेमा तपाइँलाई नै विश्वास छैन । आफैलाइ न्याय गरेर बाँच्नु पर्छ । आफनै जीवनलाई न्याय र शक्ति दिनु पर्छ । आफैलाई चकित पार्ने गरी काम गर्नु पर्छ । यसो गरेमा राम्रो दिन आउँछ आउँछ । स्वर्ण पदक चाहनुहुन्छ भने भने पहिले चमत्कार गर्नुहोस् । पहिला आफ्नो सोचाइमा त्यसपछि कर्ममा त आफै महाचमत्कार आउँछ । म आफै चमत्कारी मान्छे हो भन्ने कुरा पहिले बुझ्नुपर्छ ।






