राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सूर्य चिन्हमा चुनाव लड्नेबारे छलफल भइरहेको भनेपछि एमाले नेता भीम रावलले व्यंग्य गरेका छन् । रावलले सामाजिक सञ्जालमा लेखेका छन्, अब देशमा जबजमले भन्ने सिद्धान्त बोकेको दल रामाले उत्पन्न हुने भयो ।
शुक्रबार राजधानीमा राप्रपा नेपालको चुनावी घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकी कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको सूर्य चुनाव चिन्हमा चुनाव लड्ने विषयमा पनि छलफल भइरहेको बताएका थिए । त्यसैबारे सामाजिक सञ्जालमार्फत प्रतिकृया दिँदै एमाले नेता रावलले थापामाथि व्यंग्य गरेका हुन् ।
एमाले नेता भीम रावलले सामाजिक सञ्जालमा लेखेका छन् : राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा जबजमले भन्ने सिद्धान्त बोकेको ुरामालेु भन्ने दल उत्पन्न हुनेभयो त ? धन्य हो, छेपारो राजनीतिको करामत । समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?








