Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

पाइलट के वी लिम्बु उन्नत लोकतन्त्र पार्टीको प्रबुद्ध परिषद परराष्ट्र विभाग संयोजक


उन्नत लोकतन्त्र पार्टीको विधानको धारा १६ र १७ अनुसार व्यवस्थित प्रबुद्ध परिषद र परराष्ट्र विभागको संयोजकमा नेपालका वरिष्ठत्तम पाइलट नेपाल बायु सेवा निगमका पूर्व महाप्रबन्धक क्याप्टेन के बी लिम्बूलाई चयन गरिएको छ ।

उनको नेतृत्वमा पाइलट, डाक्टर, इञ्जिनियर लगायत विभिन्न क्षेत्रका विज्ञहरु रहेको प्रबुद्ध परिषदले सफलतापूर्वक राइट टु रिजेक्ट र रिकल सहितको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको नयाँ युग शुरु गर्नेमा महत्पूर्ण योगदान प्राप्त हुने छ भन्ने विश्वस गरेको पार्टीका अध्यक्ष स्वागत नेपालले बताए ।

क्यानाडाबाट हाइ स्कुल डिप्लोमा (प्लस टु) गरेका के बी लिम्बूले सबैका लागि परिचय बनेको उड्डयन क्षेत्रका लागि ब्रिटिश एअरवेजमा ७५७ बोइङ अमेरिकाबाट बोइङ कोक्याप्टेन तालिम, पुल्चोक इञ्जिनियरिङ क्याम्पस थापाथलीबाट आर्किटेक्चर ड्राफ्टििङ्ग इञ्जिनियरिङ्ग र काठमाडौं विश्वविद्यालय धुलीखेलबाट ई एमविए गरेका छन् ।

विश्वका थोरै मात्र देश भ्रमण गर्न बाँकी राखेका लिम्बूलाई पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार