लाहाचोकबाट पोखरा आउदै गरेको कार खोलामा खस्दा ४ जना घाइते भएका छन् ।
आज बिहान कास्की जिल्लाको मर्दीखोलामा कार खसेर दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका –४, लाहाचोकबाट पोखरा आउँदै गरेको ग३च ७५८७ नं. को कार आज विहान अन्दाजी ७ः४५ मर्दीखोलामा खस्दा चार जना घाइते भएका हुन् ।
सो दुर्घटनामा परेर लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाइते भएका छन् । घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।








