Logo
२८ कार्तिक २०८२, शुक्रबार
|  Fri Nov 14 2025

सशस्त्र प्रहरी बललाई ५९० नाल हतियार


नेपाली सेनाले सशस्त्र प्रहरी बल, नेपाललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिशन सामाग्रीहरु प्रदान गरेको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललाई इन्सास राईफल पाँच सय नाल र एलएसडव्लु ९० नाल र सोको एम्युनिशन सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । सशस्त्रलाई नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि सरकारको निर्णय अनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सहयोग स्वरुप इन्सास राइफल ९ हजार र एलएसडव्लु १ हजार ६ सय नाल हतियार उपलव्ध गराउने छ ।

बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिदै लगिने सैनिक प्रवक्ता नारायण सिल्वालले जानकारी दिए ।

यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने सेनाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार