नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका एक नेताले रुँदैरुँदै एमाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
मेचीनगर नगरपालिकाको मेयरमा आफूलाई सिफारिस नगरेपछि झापाका जिल्ला कमिटी सदस्य समेत रहेका डिल्लीराम घिमिरेले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेको घोषणा गर्न मेचीनगरमा पत्रकार सम्मेलन गर्दै उनले बारम्बार आफूमाथि पार्टी नेतृत्वले धोका दिएका कारण एमालेमा बसिरहनुभन्दा स्वतन्त्र जीवन जीउनु उपयुक्त ठानेर आफूले पार्टी छाडेको बताए ।
आफूलाई पार्टीमा टिक्न खान नदिएपछि पार्टी परित्याग गर्नुपरेको बताउँदै उनले भने, ‘मेरा आँशुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदैरुदैं निस्किन बाध्य पारे ।
पार्टीमा जीवन बिताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक रहेको भन्दै उनले कसैलाई थपीथपी जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चित गर्ने काम एमालेको स्थानीय नेतृत्वाट भएको बताए ।








