नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लबलाई सूर्य चिन्हबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।
मंगलबार ललितपुरमा नयाँ वर्षका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विप्लबलाई देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको दाबी गरे । १३ महिनाअघि शान्ति प्रकृयामा आएका विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ उनले भने,‘विप्लबजी तपाइँलाई चुनावमा सहभागी गराउँने बहानामा चुनाव सार्न खोजिँदैछ, तपाईँ कि त स्वतन्त्र रुपमा चुनाव लड्नुहोस् कि त सूर्य चिन्हबाट चुनाव लड्नुहोस् लोकतन्त्रबिरोधी मतियार चाहिँ नबन्नुहोस् ।’
केही समय पर चुनाव धकेलेर भएपनि विप्लबलाई दल दर्ताका लागि समय दिनुपर्ने र चुनावमा सहभागी गराउँनुपर्ने आवाज सत्ता गठन्धनका नेताहरुबाट उठिरहेका बेला ओलीले विप्लबलाई नयाँ प्रस्ताव राखेका हुन् ।








