कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा परित्याग गरेको केही दिनपछि छोरी प्रतिष्ठा थापा रायमाझीले पनि राप्रपा छाडेकी छिन् ।
आफ्ना पिता कमल थापाले राप्रपा छाडेर राप्रपा नेपालमा लाग्दा समेत राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा नै रहेकी प्रतिष्ठाले भर्खरै मात्रै राप्रपा छाडेकी हुन् । छोरीले समेत कमल थापालाई साथ दिइनन् भन्ने आशयका समाचार सार्वजनिक भइरहेका बेला उनले राप्रपा परित्याग गरेकी हुन् । यद्यपि उनले आफ्ना पिताको पार्टीमा लाग्ने या नलाग्ने भन्नेबारे भने अहिलेसम्म केही खुलाएकी छैनन् ।
राप्रपाको पछिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी प्रतिष्ठा राप्रपा नेपालमा लाग्ने अनुमान गरिएको छ । राप्रपामा सैद्धान्तिक र नैतिक विचलन देखिन थालेपछि भारी मनका साथ राप्रपाबाट अलग भएको उनले राजीनामा पत्रमा लेखेकी छिन् ।








