Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

महंगीले जीवन गुजारा गर्न अत्यन्त कठिन : पूर्वराजा ज्ञानेन्द्र शाह


पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको घर घरमा बढ्दो महंगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको बताएका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले गलत मौद्रिक तथा अर्थ नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता अर्थविद् तथा उद्यमीहरुले व्यक्त गरेको उल्लेख गर्दै नयाँ वर्षमा प्रत्येक प्रयास उपलब्धीमा परिणत होस् भनी कामना गरेका छन् ।

वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्नेमा जोड दिँदै उनले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने बताएका छन् । चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहिन परिवर्तनको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गर्दै पूर्वराजा शाहले विदेशीप्रति अवलम्बन गरिएका नीति र व्यवहारप्रति पनि असन्तोष व्यक्त गरेका छन् ।

नेपाल पछिल्लो समयमा कोहीसँग टाँसिएर कसैप्रतिको दूरभाव राख्नेतर्फको मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैंमा आत्महिनताको विषय हो उनले भनेका छन्, ‘ छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अबलम्बन गर्ने नीति तथा व्यवाहारले हाम्रो उन्नति तथा प्रगतीलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायीत्व, शान्ति र अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैब चनाखो हुनुपर्दछ ।


प्रतिक्रिया दिनुहोस !
विचार