राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आउँदो स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउँन राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।
नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै बस्नेतले कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेका युवाहरुलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।
युवाहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका जबर्जस्त अंशियार भएको बताउँदै उनले आम युवाहरुलाई स्वरोजगार, उद्यमशीलता, नव प्रवर्तन र सिप विकासको माध्यमबाट राष्ट्र निर्माणको मुल प्रवाहमा समाहित गर्न जरुरी रहेकोमा जोड दिएका छन् ।
कार्यकारी उपाध्यक्ष बस्नेतले राष्ट्रिय युवा परिषद नेपाली युवाहरुलाई सवल प्रतिष्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अंगमा उनीहरुको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्दछ भन्ने मान्यतामा विश्वस्त रहेको बताएका छन् ।








