सरकारले आजबाट लागू हुनेगरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । बागमती प्रदेश सरकारले वैशाख १ गतेदेखि नै लागू हुनेगरी सार्वजनिक सवारीसाधनको भाडा बढाएको हो ।
आजदेखि लागू हुनेगरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले भाडा वृद्धि गर्ने निर्णय गत चैत २४ गते नै गरेको थियो ।
आजबाट सार्वजनिक सवारी साधनको भाडा पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्मको २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैंयाँ र सो भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।








