Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एक घन्टा भन्दा लामो भाषण नगर्न कांग्रेसको सर्कुलर


स्थानीय तहको निर्वाचन लक्षित सभाहरुमा कति लामो समय भाषण गर्न दिने भन्ने विषयमा नेपाली काँग्रेसले सर्कुलर जारी गरेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले जारी गरेको सर्कुलरमा वडा तहका सभामा बोल्दा बढीमा एक घन्टामा भाषण सकिसक्न भनिएको छ भने पालिकास्तरका सभामा बढीमा दुई घन्टामा भाषण सक्न भनिएको छ ।

यस्तै सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउन निर्देशन दिइएको छ । सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मेदवारलाई आसन ग्रहण र अरूलाई सामूहिक आसन ग्रहण गराउन निर्देशन दिइएको बुझिएको छ ।

भाषण गर्न थालेपछि नेताहरु घन्टौं सम्म बोल्न लागेको तथा आसन ग्रहणका क्रममा मञ्चमा नेताहरु अटाईनअटाई बस्ने गरेको भन्दै आलोचना हुँदै आएका बेला कांग्रेसले सर्कुलर नै जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार