Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सहमति नभए एक्लै भिड्ने हो : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनका बीचमा सहमति जुट्न नसके आसन्न स्थानीय तहको निर्वाचनमा एक्लै भिड्ने बताएका छन् ।

सोमबार दिउँसो माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले सहमति जुट्न नसके माओवादी एक्लै भिड्ने मनस्थितीमा रहेपनि गठन्बन्धनमा त्यत्रो ठूलो समस्या भने नरहेको दाबी गरे ।

प्रतिगमनकारीहरुले पनि गठबन्धन बनाउँन थालेको बताउँदै उनले त्यो शक्तिलाई परास्त गर्न पनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेकोमा जोड दिए । माओवादी केन्द्रले भरतपुर महानगरपालिका नै खोजेको भन्ने विषयबारे पत्रकारहरुको जिज्ञासामा उनले माओवादीलाई ६ मध्ये एउटा जुनसुकै महानगर दिएपनि हुने बताए । यद्यपि भरतपुरमा रेणु दाहालले यसअघि चुनाव जितेका कारण भरतपुर माओवादीका भागमा दिँदा राम्रो हुने उनको भनाई थियो ।

नेपाली कांग्रेसलाई ६ वटा महानगरमध्ये ३ वटा महानगर दिन सकिने बताउँदै उनले अन्य महानगर सत्ता गठबन्धनका अन्य दलहरुको भागमा पार्नेगरी कुराकानी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार