Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

टुइटरका साहुजी फेरिए, विश्वकै धनाढ्य एलन मस्कले किने टुइटर


सामाजिक सञ्जाल कम्पनी टुइटरका साहुजी फेरिएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले टुइटर कम्पनी किनेका हुन् । उनले टुइटर कम्पनी किन्न ४४ बिलियन डलर खन्याएका छन् ।

मस्कले केही समय अघि कम्पनीको ९ प्रतिशत सेयर मात्रै किनेका थिए । अहिले उनले कम्पनीको सबै सेयर किनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

टुइटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको टुइटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जनाएका छन् ।

टुइटर कम्पनी खरिद गरिसकेपछि मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन् । उनले टुइटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको बताएका छन् ।

आफूले टुइटर कम्पनी खरिद गरेसँगै यसमा नयाँ सुविधा थपेर यसको लोकप्रियता थप बढाउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार