Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

लम्फु विद्यार्थीले चीट चोरे जस्तै कांग्रेसले  घोषणापत्र चोरेको छ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमालेको घोषणापत्र चोरेको आरोप लगाएका छन् ।

मनमोहन अधिकारीको २३ आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका नेताहरुसँग केही भिजन नै नभएको बताए । ‘कांग्रेसका नेताहरुसँग भिजन छैन, त्यहीभएर हाम्रो घोषणापत्र कपी गरेको छ,’ ओलीले भने, ‘ लम्फु विद्यार्थीले परीक्षामा चीट चोरे जस्तै कांग्रेसले पनि हाम्रो घोषणापत्र चोर्ने काम ग¥यो ।’

ओलीले कांग्रेसको घोषणापत्रलाई गाली पुराणको संज्ञा समेत दिए । एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको भन्दै उनले कांग्रेसको घोषणापत्रमा संविधानको केही विषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणापत्रबाट चोरिएको आरोप लगाए । कांग्रेसकोे घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गरे ।

माओवादीले घोषणापत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणापत्र झुटको पुलिन्दा भएको आरोप लगाए ।

उनले टिकट वितरणमा देखिएका बिषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे । एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार