Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

गठबन्धन कुहेको ढोडको लौरो हो : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहेको ढोडको लौरो भनी टीप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ढोडरुपी लौरो ३० गतेबाट सिद्धिने बताए । कांग्रेस, माओवादी र माधव नेपालको पार्टीसँग भिजन नै नभएको बताउँदै उनले भिजनलेसहरुलाई जनताले ठेगान लगाउँने चेतावनी दिए ।
कांग्रेसले एमालेको घोषणापत्र चोरेको र माओवादीले घोषणापत्र नै बनाउँन नसकेको भन्दै उनले त्यस्ता पार्टीलाई जनताले पत्याउने आधार नै नभएको जिकिर गरे ।

चुनावमा टिकट पाइएन भनेर पार्टी छाड्नेहरुलाई नैतिकहीनको संज्ञा दिँदै उनले निष्ठावान नेता कार्यकर्ता टिकटका पछि मात्रै नदौडने बताए । एमालेले सबै नेता कार्यकर्ताको मूल्यांकन गर्ने भन्दै उनले टिकटको आशा सबैलाई हुने भएपनि सबैलाई दिन सम्भव नहुनेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार