Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेन शाहका पक्षमा रवी लामिछाने , के भने त्यस्तो ?


सञ्चारकर्मी रवी लामिछानेले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका बालेन शाहका लागि मैदान खाली गरिदिन मेयरका उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले कांग्रेस र एमाले बाहेकका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिएर बालेनलाई समर्थन गर्न आग्रह गरेका हुन् । वैकल्पिक राजनीति जनताले चाहे नचाहेको बुझ्नका लागि पनि अरु सबैले बालेनलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिँदै त्रिपक्षिय भिडन्तका लागि मैदान खाली गरिदिनुपर्ने उनको भनाई छ ।

अरुले उम्मेदवारी फिर्ता लिएर बालेनलाई समर्थन गर्दा वैकल्पिक राजनीतिबारे जनताको म्यासेज क्लियर कट हुने जिकिर गर्दै उनले लेखेका छन्, : ‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर । जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु ।’

 


प्रतिक्रिया दिनुहोस !
विचार