नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितले आफ्नो छोरी भएको भए कम्तीमा १० जनासँग संगत गर्न सल्लाह दिने बताएका छन् ।
आफूले जीवन बिताउँने व्यक्तिको छनोटका लागि धेरैका विषयमा बुझ्नुपर्ने भन्दै उनले अहिलेको पुस्तालाई प्रेमस्थलको आवश्यकता रहेको बताए ।
आफूले मेयर जिते सय वटा प्रेमस्थल बनाइदिने भन्दै उनले भने,‘ युवाहरु आउनुहोस् जीवनको कथा हाल्ने म सय वटा ठाउँ बनाइदिन्छु । मैले हेर्दा हाँसो हुन्छ मेरो छोरी भएन छोरी भएको भए मैले भन्थेँ, कमसेकम अलि टाढा बसेर १० जनासँग त संगत गर्नुप¥यो नि । जीवनको आफ्नो चाहिँ हिरो खोज्ने अनि हिरो चाहिँ यसो हेर्दा ठिकै भो भोलिपल्ट चाहिँ काखी गन्हाउने प¥यो भने के गर्ने ? सास गन्हाउने र रातभरी घुर्ने प¥यो भने चाहिँ के गर्ने ? डिफ्रेन्ट रुममा बसेपनि यसले घुर्छ कि घुर्दैन भनेर त हेर्नुप¥यो नि ।’








