नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितले आफूलाई भोट नहाले मान्छेहरु नर्कमा जाने बताएका छन् ।
चुनावी प्रचार प्रसारका क्रममा काठमाडौंको शंखमुलस्थित सुकुम्वासी वस्तीमा पुगेका स्थापितले आफूलाई भोट नहाले सो वस्तीका मान्छेहरु नर्कमा पुग्ने बताएका हुन् ।
आफूले सुकुम्वासी वस्तीका लागि धेरै काम गरेको भन्दै उनले ठट्यौली पारामा उनले भने,‘ यो वस्तीले मलाई, मेरो टीमलाई भोट हालेन भने ल सबै नर्कमा जान्छ । पाप लाग्छ क्या, पापै लाग्छ । मैले साँच्चै काम गरेको छु क्या ।’
आफूले पहिले परिचयपत्र बनाइदिएको स्मरण गर्दै उनले आफूले मेयर जितेपछि बाँकी काम पनि गरिदिने बताए ।








