Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ओलीको खुट्टा छोएर एमाले छिरे पुण्य गौतम


नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका पुण्य गौतम केपी शर्मा ओलीको खुट्टा छोएर एमाले प्रवेश गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आयोजित चुनावी सभामा ओलीको खुट्टा छुँदै गौतम एमाले प्रवेश गरेका हुन् ।

गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा दिँदै पार्टी प्रवेश गराए । पार्टी प्रवेश गरेपछि सभामा बोल्दै गौतमले ओलीलाई विश्व राजनेताको संज्ञा दिए । ओली रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिन पिङ सरहको नेता भएको भन्दै उनले ओलीको राष्ट्रवादी छबीबाट आफू प्रभावित भएको बताए ।

नेकपा एकीकृत समाजवादीले आफूहरुलाई अन्धकारयुक्त सुरुङबाट छिराएर कांग्रेसमा लान खोजेपछि आफू एमाले प्रवेश गरेको उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार