स्थानीय तहको चुनावका दिन वैशाख ३० गते पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । यस्तै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ भने अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले २९ गते पनि सामान्य बदलीको सम्भावना रहेको जनाएको छ । विभागले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ । यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको जनाइएको छ भने कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ जनाइएको छ ।








