नेपाल नागरिक अभियानले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
अभियानका तर्फबाट राष्ट्रिय अध्यक्ष डा. ठाकुरमोहन श्रेष्ठ र प्रमुख प्रवक्ता मुकुन्द पाण्डेले जारी गरेको विज्ञप्तीमा स्वतन्त्र उम्मेदवारीबाट भ्रष्टाचार शुन्य चरित्रको खोजीमा मतदाता रहेको प्रमाणित भएको उल्लेख छ ।
निर्वाचनमा मूलधारका ठूला राजनीतिक दलहरुले मनी, मसल्स र जालझेल प्रदर्शन गरेको कुरालाई प्रमुख निर्वाचन आयुक्तले नै स्वीकार गरेको बताउँदै अभियानले उनीहरुलाई निर्वाचन आयोगले कानुनी दायरामा ल्याउने विश्वास पनि व्यक्त गरेको छ । अभियानका तर्फबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘निर्वाचनमा दलगत राजनीति भन्दा स्वच्छ छवी, इमान्दारिता, समाजप्रतिको निष्ठा र भ्रष्टाचार शुन्य चरित्रको खोजीमा मतदाताहरु रहेका र यीनै चरित्रमाथि मतदान गर्ने तथा गराउँनुपर्ने तथ्यलाई स्थापित गराउँन खोज्नु एवं स्वतन्त्र उम्मेदवारहरुको व्यापक सहभागितालाई सकारात्मक परिवर्तन मान्न सकिन्छ ।’
क्षणिक जितहारको कुरामा सिमित नरही अभियानले विभिन्न स्थानमा सांकेतिक खबरदारीका लागि उम्मेदवार अघि सारेको बताउँदै ती उम्मेदवारलाई सहयोग गर्ने सबै मतदाताप्रति अभार पनि व्यक्त गरेको छ ।








