Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

तेह्रथुमको छथरमा एमाले विजयी


तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त अन्तिम मत परिणाम अनुसार अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सन्तोष तिगेला ३९१५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निटकटम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार इन्द्र इम्सङले ३३०६ मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएकी छिन् । एमालेको उपाध्यक्षकी उम्मेदवार तारा खरेल ढकाल ३७६२ मत प्राप्त गर्दै विजयी भइकी हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार टेकराज तिगेलाले ३६०२ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार