काठमाडौं महानगरपालिकामा विवेकशील साझा पार्टीबाट मेयर पदको उम्मेदवार रहेकी समीक्षा बास्कोटाले सोमबार बिहानसम्मको मतगणनामा ६५ मत पाएकी छिन् ।
१४७७८ मत गणना भइसक्दा उनले ६५ मत पाएकी हुन् । काठमाडौं महानगरपालिकाको वडा नं १,२,३,४,५, ३१ र ३२ को मतगणना भइरहँदा विवकशील साझाको मेयर तर्फको तराजु चिन्हमा जम्मा ६५ मत देखिएको छ ।
उमेयरमा भने विवेकशील साझाले २७८ मत प्राप्त गरेको छ । उपमेयरमा काठमाडौं महानगरपालिकामा विवेकशील साझाले कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ ।








