नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी राखेको संसद् अवरोधको अन्त्य गरेको छ ।
एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले संसद अवरोधको अन्त्य भएको जानकारी गराएका हुन् ।
बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालले भदौ २३ गतेदेखि संसदमा विरोध जारी राखेको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो ।
उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।








