Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

मन्थली नगरपालिको सालुमा राजन घिमिरेसहित नेपाली कांग्रेसको प्यानल विजयी


रामेछापको मन्थली नगरपालिकाको वडा नं. ४ सालुमा राजन घिमिरे सहित नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका राजन घिमिरेले ८८४ मतसहित ल्याएका छन् भने नेकपा एमालेबाट उम्मेद्वारी दिएका शुक्र बहादुर श्रेष्ठले ६३१ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट उम्मेद्वारी दिएका राम कुमार श्रेष्ठले ४१० मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट उम्मेद्वारी दिएका बुधे दमाईले २२ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेद्वार घिमिरेले २५३ मतान्तरका साथ एमालेका उम्मेद्वार श्रेष्ठलाई पराजित गर्दै मन्थली नगरपालिकाको वडा नं. ४ सालुको वडा अध्यक्षमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार