काठमाडौँ महानगरपालिकामा मेयरका उम्मेद्वार बालेन शाहको अग्रता कायम रहेको छ ।
मेयरका उम्मेद्वार शाहले १२,५५३ मत प्राप्त गर्दै गर्दा नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ६,७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले ५,९५७ मत प्राप्त गरेकी छिन् ।
स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका बालेन शाह स्थापित भन्दा ५,८४७ मतले लिड गरिरहेका छन् ।
काठमाडौँको उपमेयरमा उम्मेद्वारी दिएकी नेकपा एमालेका सुनिता डंगोलले१२१५७ मत प्राप्त गर्दै गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार रामेश्वर श्रेष्ठले ३६१४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेद्वार शाहलाई एमालेका उम्मेद्वार स्थापितले पछ्याइरहेका छन् ।
मेयरका उम्मेद्वार :
- वालेन्द्र साह (स्वतन्त्र) :१२,५५३ मत
- केशव स्थापित (नेकपा एमाले) :६,७०६ मत
- सिर्जना श्रेष्ठ (नेपाली कांग्रेस) : ५,९५७ मत








