Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेनको जति पुगेन


काठमाडौं महानगरपालिकाको मत गणनामा शुरुवाती देखि नै अग्रता लिएका बालेन शाहले पछिल्लो पटक मतान्तर अझ बढाएका छन् । बिहान १० बजे सम्मको मतगणनामा बालेन शाहले १६०५२ मत पाएका छन् भने एमालेका केशव स्थापितले ८३४५ र कांग्रेसकी सिर्जना सिंहले ७५११ पाएकी छिन् ।

अहिलेसम्म गणना भएको मतलाई हेर्दा बालेन शाह यति धेरै अगाडि छन् कि एमाले र कांग्रेसका उम्मेदवारले पाएको मत जोड्दा समेत बालेनको जति पुग्दैन । सिर्जना सिंह र केशव स्थापितले पाएको मत जोड्दा १५८५६ मात्रै हुन्छ जबकी बालेन शाह एक्लैले पाएको मत १६०५२ छ ।

कांग्रेस र एमालेको पकड रहेको भनिएका इलाकामा समेत बालेन शाहले नै अग्रता कायम गरिरहेका छन् । यही गतिमा उनको मत थपिँदै जाने हो भने उनी काठमाडौं महानगरपालिकाको मेयर बन्ने त पक्का छ नै उनको मत अन्तरले समेत धेरैलाई आश्चर्यचकित तुल्याउने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार