Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेनका राजनीतिक गुरु आफ्नै भतिजासँग पराजित, १० औं पटकको जीतपछि लाग्यो ब्रेक


काठमाडौं महानगरपालिकामा बालेन शाहले भारी मतका साथ अग्रता लिइरहँदा उनका राजनीतिक गुरु नरसिंह व्यञ्जनकार भने ललितपुर महानगरपालिका वडा नं १० को अध्यक्ष पदमा पराजित भएका छन् ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर लगातार १० पटक वडा अध्यक्ष भएका व्यञ्जनकार यसपटकको चुनावमा भने पराजित भएका हुन् । नरसिंह व्यञ्जनकार नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका आफ्नै भतिजासँग २८२ मतले पराजित भएका हुन् । १० पटक वडा अध्यक्ष भइसकेका नरसिंह व्यञ्जनकार उमेरले ८१ टेकिसकेका छन् ।

बालेन शाहले आफ्ना प्रायजसो अन्तर्वार्तामा आफू नरसिंह व्यञ्जनकारको चेला भएको बताउने गरेका छन् । व्यञ्जनकारको स्वतन्त्र चुनावी यात्राबाट आफू प्रभावित भएको बताउँदै उनी मतगणना भइरहँदा पनि आफ्ना राजनीतिक गुरुको मतपरिणाम बुझ्न ललितपुर गएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार