Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बादललाई झड्का, आफ्नै वडामा एमाले पराजित


नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृह वडामा एमालेले नराम्रो पराजय बेहोरेको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको गृह वडा चितवनको भरतपुर १० मा एमालेलाई पराजित गर्दै नेपाली कांग्रेसका परमेश्वर खनाल विजयी भएका हुन् । खनालले २४२८ मत प्राप्त गर्दै गर्दा एमालेका उम्मेदवार भक्ति प्रसाद गौतमले २१०१ मत प्राप्त गरे ।

माओवादी केन्द्र परित्याग गरेर एमालेको उपाध्यक्ष बनेका रामबहादुर थापा बादलले आफ्नै वडामा समेत एमालेलाई जिताउँन नसकेपछि बादलको एमालेभित्र आलोचना शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार