Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेन शाहले कहाँ कहाँबाट कति मत ल्याए ? हेर्नुहोस् विस्तृत विवरण


काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका स्थानमध्ये सबै भन्दा धेरै मत कोटेश्वरबाट ल्याएका छन् भने सबैभन्दा थोरै मत महाबौद्धबाट ल्याएका छन् ।

आइतबार दिउँसो सम्म ४० हजार मत कटाइसकेका बालेनले कोटेश्वरबाट सबैभन्दा धेरै मत ५५२३ प्राप्त गरेका छन् भने महाबौद्धबाट ५५१ मत प्राप्त गरेका छन् । बालेन शाहले थोरै मत प्राप्त गरेको महाबौद्धमा सिर्जना सिंहले ९९० मत प्राप्त गरिन् भने केशव स्थापितले ९७९ मत प्राप्त गरे ।

बालेन शाहले नक्सालबाट ७८३, लाजिम्पाटबाट १२१५, महाराजगञ्जबाट २३२६, बालुवाटारबाट ३९६६, हाँडिगाउँबाट १५०१ मत प्राप्त गरेका छन् । यस्तै बौद्धबाट ३४७६, मित्रपार्कबाट ३८४६, पशुपति क्षेत्रबाट १३१३, पुरानो बसपार्कबाट ७१७, डिल्लीबजारबाट १६६८, ज्ञानेश्वरबाट १७०१ र शान्तिनगरबाट ४१८० मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेका स्थानमा गौशालाबाट २००४, बानेश्वरबाट १४६३, त्रिपुरेश्वरबाट ७४९, टेकुबाट १९०, ओमबहालबाट २२०, मखनबाट ५३४, जनबहालबाट ६१० र लैनचौरबाट १४६७ मत प्राप्त गरेका छन् ।
जारी मतगणनामा बालेन शाहलाई गौशाला राम्रोसँग फापेको देखिन्छ । गौशाला क्षेत्रमा बालेनले २००४ मत प्राप्त गर्दै गर्दा केशव स्थापितले जम्मा ६७० र सिर्जना सिंहले ८४६ मत प्राप्त गरेकी छिन् ।

मतगणना सम्पन्न भइसकेका स्थानमा एमाले उम्मेदवार केशव स्थापितले पनि कोटेश्वर क्षेत्रबाटै सबैभन्दा धेरै मत पाएका छन् । उनले कोटेश्वरबाट २५६६ मत प्राप्त गरेका छन् भने मतगणना सम्पन्न भएका मध्ये सबैभन्दा थोरै मत स्थापितले नक्सालबाट सबैभन्दा थोरै मत पाएका छन् । उनले नक्सालबाट जम्ममा ३६५ मत पाएका छन् ।

मतगणना सम्पन्न भइसकेका स्थानमध्ये कांग्रेस उम्मेदवार सिर्जना सिंहले शान्तिनगरबाट सबैभन्दा धेरै मत पाएकी छिन् भने नक्सालबाट सबैभन्दा थोरै मत पाएकी छिन् । सिर्जना सिंहले शान्तिनगरमा २४६७ मत पाउँदै गर्दा नक्सालमा जम्मा ४५१ मत पाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार