Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

चुनाव जितेपछि रेणु दाहालका २ निर्णय


भरतपुर महानगरपालिकाको दोस्रोपटक मेयर बनेकी माओवादी नेतृ रेणु दाहालले पदभार गर्दै गरेका २ निर्णय यतिबेला चर्चामा छन् ।

एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै दोस्रोपटक मेयर बनेकी दाहालले पदभार ग्रहण गरेलगत्तै सरकारी अस्पतालमा जन्मिएका छोरीहरुको जीवन बिमा गर्ने निर्णय गरिन् भने पानी महसुलमा पनि भारी छुटको निर्णय गरिन् ।
सरकारी अस्पताल वा स्वास्थ्य संस्थामा जन्मिएका प्रत्येक छोरीहरुको जीवन बिमा गर्ने र १५ वर्ष उमेर पुगेपछि एक लाख रुपैंयाँ उनीहरुको खातामा जम्मा गरिदिने उनको पहिलो निर्णय छ भने स्थानीहरुको खानेपानीको सात हजार रुपैंयाँ सम्मको महसुल तिरिदिने दोस्रो निर्णय छ ।

पदभार ग्रहणपछि विभिन्न स्थानीय तहका प्रमृुखहरुले विभिन्न निर्णय गर्दा भरतपुरमा रेणु दाहालले गरेका यी दुई निर्णय सार्वजनिक भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार