Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमाले महानगरपालिकाहरुमा शून्य


स्थानीय तहको निर्वाचनमा नेकपा एमाले महानगरपालिकाहरुमा शून्यको अवस्थामा पुगेको छ ।

अघिल्लो निर्वाचनमा देशका ६ महानगर मध्ये २ महानगरमा प्रमुख पद जितेको एमाले यसपटकको निर्वाचनमा शून्यको अवस्थामा पुगेको हो ।

घोषणा भइसकेका देशका ५ महानगरपालिकामा शून्यमा पुगेको एमाले घोषणा हुन बाँकी काठमाडौं महानगरपालिकामा पनि हार्ने निश्चित छ । काठमाडौंमा बालेन शाहले जित्ने लगभग पक्का हुँदा एमालेले यसअघि जितेको काठमाडौं महानगरपालिका गुमाउँने छ भने पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले जितिसकेको छ ।

भरतपुरमा एमालेलाई पराजित गर्दै माओवादीकी रेणु दाहाल विजयी भएकी छिन् भने विरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंह विजयी भएका छन् । यस्तै ललिपुरमा कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो मतान्तरका साथ एमाले उम्मेदवारलाई पराजित गर्दै गर्दा विराटनगरमा कांग्रेसका नागेश कोइराला विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार