विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
मिश्रले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको बताएका हुन् ।
स्थानीय तहको चुनावमा निराशाजनक परिणाम आएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताउँदै उनले आफू पार्टीको साधारण सदस्य भने रहने जानकारी दिएका छन् ।
यसअघि आफू अध्यक्ष रहँदा आफूले विभिन्न नेताहरुमाथि गरेका कारबाहीहरु फिर्ता लिइदिन पार्टी कार्य सम्पादन समितीलाई आग्रह गर्दै उनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :









